चर्चित गायक भीषण मुकारुङले बेलायतमा ‘साकेला सांगीतिक श्रृंखला’मार्फत प्रवासी नेपालीलाई मनोरञ्ज दिने भएका छन्।
मुकारुङले गोर्खा र भूतपूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको बेलायतका तीन स्थानमा सांगीतिक श्रृंखलामार्फत मनोरञ्जन दिने भएका हुन्।
किरात राई यायोख्या बेलायतको आयोजनामा मुकारुङले तीन स्थानमा सांगीतिक कार्यक्रममार्फत नेपाली प्रवासी समुदायमाझ आफूलाई प्रस्तुत गर्न लागेका हुन्।
उनले यही २० मेमा किरात राई हाउस ग्याम्बेल लेनमा सांगीतिक प्रस्तुत दिनेछन्।
त्यसैगरी मे २७ तारिखमा लण्डनस्थित साउथ ह्यारोमा र मे २८ तारिखमा एल्डर्सटमा प्रवासी नेपालीमाझ उनले आफ्नो प्रस्तुति दिने भएका हुन्।
गायक मुकारुङले बेलायतका अन्य स्थानमा पनि सांगीतिक प्रस्तुति हुन सक्ने जनाएका छन्। थप कार्यक्रम बेलायत गएपछि तय हुने उनले बताएका छन्।

Shares

प्रतिक्रिया