ad ad

कला


सडक सुरक्षाका लागि ‘सडक यात्रा’ कार्टुन चित्र प्रदर्शनी

सडक सुरक्षाका लागि ‘सडक यात्रा’ कार्टुन चित्र प्रदर्शनी

नेपालखबर
जेठ २, २०८० मंगलबार १८:४६, काठमाडौँ

संयुक्त राष्ट्रसंघबाट आह्वान सडक सुरक्षा सप्ताह (मे १५–२१, २०२३) को अवसर पारेर सडक यात्रा शीर्षकमा काठमाडौंमा कार्टुन प्रदर्शन सुरु भएको छ।

बबरमहलस्थित नेपाल कला परिषदमा आयोजित उक्त कार्टुन प्रदर्शनीको मंगलबार भौतिक योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे।

सडक सुरक्षामा व्यंग्यचित्रमार्फत जनचेतना जगाउने उद्धेश्यले थालिएको प्रदर्शनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद, नेपाल प्रहरी, सडक सुरक्षा समाज र कार्टुनिस्ट क्लब अफ नेपाल तथा रोटरी क्लब इन्टरनेशनलले आयोजनामा गरेका हुन्।

सडक यात्रा कार्टुन प्रदर्शनीमा नेपालका २६ जना कार्टुनिस्टहरुको कार्टुन राखिएको छ।

प्रदर्शनीमा अविन श्रेष्ठ, बासु क्षितिज, योगेश खपाङ्गी, रवीन्द्र मानन्धर, रवि मिश्र, आशीष खनाल, केशवराज खनाल, दीपक गौतम, उमेशचन्द्र अधिकारी, देवेन्द्र थुम्केली, भानु भट्टराई, सुदर्शन सिग्देल, राजेश मानन्धर, रामकृष्ण थापा, सागर शाह, सानुराज डंगोल, विश्व थापा, सुजिता महर्जन, कृष्णगोपाल श्रेष्ठ, पल्पसा मानन्धर, महेश बस्ताकोटी, पानसिंह तोमर, रामहरु रिमाल, अकृन अधिकारी, अनुप गुरुङ र अर्पिता शाक्यका व्यंग्यचित्र राखिएका छन्। 

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या प्रतिवर्ष १३ लाख ५० हजार रहेको तथ्यांक छ। 

नेपालमा २८ सय मानिसले हरेक वर्ष सडक दुर्घटनाबाट ज्यान गुमाउने गरेका छन्। सडक दूर्घटना न्यूनीकरणका विभिन्न उपायमध्ये जनचेतना जगाउन कार्टुनको प्रयोग सशक्त हुनसक्ने सडक सुरक्षा परिषद्का अध्यक्ष केशवकुमार शर्माले बताए।

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले बोल्ड स्ट्रोकहरु, जीवन्त रंगहरु र हास्य स्पर्शका साथ हाम्रा कलाकारहरुले अहिलेको द्रूततगतिको संसारमा पैदल यात्रीहरु, साइकल चालकहरु, सवारी चालकहरु र यात्रुहरुले सामना गर्ने असंख्य चुनौतीलाई चित्रण गरेका बताए। यो प्रदर्शनी जेठ ५ गतेसम्म हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .