ट्विटरले सलमान खान, शाहरुख खान, दीपिका पादुकोणलगायत सेलिब्रेटीहरूको ‘ब्लु टिक’ फिर्ता गरेको छ।

बलिउड सुपर स्टार अमिताभ बच्चन, बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडासँगै ट्विटरले विभिन्न सेलिब्रेटीहरूको ब्लु टिक पुनःस्थापित गरेको हो।
माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरेपछि अमेरिकी प्राविधिक व्यवसायी एलन मस्कले ब्लु टिक सेवाबापत शुल्क लाग्ने घोषणा र कार्यान्वयन गरेका थिए।
यसपछि ट्विटरले मासिक सदस्यता शुल्क नतिरेका खाताहरूबाट नीलो टिक हटाएको थियो।
अब ट्विटरमा १० लाखभन्दा बढी फलोअर भएमा प्रयोगकर्ताले सदस्यता नलिईकन पनि ब्लु टिक पाउने भएका छन्।
ट्विटरको बदलिएको नीतिप्रति प्रतिक्रिया जनाउँदै अमिताभ बच्चनले लेखेका छन्, ‘अरे मारे गए गुलफाम, बिराज में मारे गए गुलफाम...।’

आलिया भट्ट र ऋतिक रोशनको ट्विटर अकाउन्टमा पनि ब्लु टिक फर्किएको छ।
Shares

प्रतिक्रिया