पछिल्लो समय बलिउड अभिनेतालाई सलमान खानलाई ज्यान मार्ने धम्की बढेका छन्।
सलमानलाई मार्ने धम्की आउन थालेपछि हालै सञ्जय दत्तले आफू सधैँ सलमानको साथमा रहेको बताउँदै नहड्बडाउन भनेका छन्। उनी सलमानका खास दोस्त हुन्, सलमानलाई उनी निकै प्रेम पनि गर्छन्। तर एक समय यस्तो पनि थियो, जब सञ्जय र सलमानको मित्रतामा दरार आएको थियो, र सञ्जय सलमानलाई मार्छु भनेर उनको घरसम्मै पुगेका थिए।
सञ्जय सलमानले धेरै हिट फिल्ममा सहकार्य गरेका छन्। जसमध्ये ‘साजन’ दुवैले विशेष ठान्ने फिल्म हो। यही फिल्मले उनीहरूलाई नजिक बनायो, किनभने दुवैको आनीबानी पनि मिल्दोजुल्दो थियो।
तर समय यस्तो पनि आयो करियरको उकाला दिनहरूमा दुवैले सफलता पाउन थाले, जसमा सलमानको उचाइ अझ बेग्लै बन्दै गयो।
जसरी सलमान खानले सफलता पाइरहेका थिए, उनको व्यवहारमा पनि परिवर्तन देखिन थाल्यो। उनको नजिकका मानिसहरुले प्रसिद्धि पाएपछि सलमान बदलिएको र असभ्य व्यवहार गर्न थालेको टिप्पणी गर्न थालेका थिए। एकदिन यस्तै लागिदियो सञ्जयलाई पनि, उनलाई सलमान पहिलेजस्तो नरहेको ठाने।
अनि सञ्जय सलमानसँग बेस्मार रिसाए।
इन्डिया पोस्टका अनुसार त्यसपछि सञ्जय सलमानलाई मारिदिन्छु भनेर उनको घरअगाडि गए। घरबाहिर उभिएर चिच्चाउन थाले।
सलमानले सञ्जयलाई त्यति क्रोध्रित त्यसअघि देखिएका थिएनन्। अवस्था हेरेर सलमानले कुनै प्रतिक्रिया दिएनन्। घटनापछि दुईबीच केही समय मनमुटाव रह्यो।
केही समयपछि उनीहरूको सम्बन्ध विस्तारै सुध्रियो।
तर दुईबीचको सम्बन्धमा यस्ता उतारचढाव र मनमुटाव भने आई नै रहे। सन् २०१६ मा सञ्जय जेलबाट छुट्दा सलमान भेट्न नगएपछि पनि सञ्जयले सलमानसँग चित्त दुखाएको समाचार प्रकाशित भएका थिए।
Shares

प्रतिक्रिया