ad ad

कला


सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा १६ वर्षीय किशोर पक्राउ

सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा १६ वर्षीय किशोर पक्राउ

फाइल फाेटाे : अभिनेता सलमान खान


नेपालखबर
चैत २९, २०७९ बुधबार १९:३५, काठमाडौँ

बलिउड अभिनेता सलमान खानलाई हत्या गर्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार १६ वर्षीय ती किशोरले गत सोमबार राति मुम्बईस्थित प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलमानलाई यही अप्रिल ३० मा मार्ने बताएका थिए। उनले आफ्नो नाम रकी भाइ बताएका थिए। 

उक्त धम्कीपछि प्रहरीले नम्बर ट्र्याक गर्दा ठाणे जिल्लाको शाहपुरबाट फोन आएको पत्ता लागेपछि ती किशोरलाई नियन्त्रणमा लिइएको हो।

त्यस्तो धम्की दिएको विषयमा ती किशोरसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

यसअघि सलमानलाई लोरेन्स बिश्नोई ग्याङबाट पनि ज्यान मार्ने धम्की आएको थियो। जसका कारण सलमानले केही दिनअघि मात्र बुलेटप्रुफ कार किनेका छन्। 

भारतमा उक्त कारको मूल्य ८० लाखदेखि १ करोडसम्म हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .