ad ad

कला


‘ग्यासलाइट’मा साराले भोगेको दुःखको कथा

‘ग्यासलाइट’मा साराले भोगेको दुःखको कथा

नेपालखबर
चैत १४, २०७९ मंगलबार १२:५४, काठमाडौँ

विश्वका हरेक फिल्ममा प्रेम, लडाइँ, हास्य र डर सबै किसिमका दृश्य देख्न पाइन्छ। बलिउड फिल्ममा पनि यी सबैखाले दृश्य देख्न सकिन्छ। दर्शकले आफ्नै स्वादअनुसारका फिल्मबाट मनोरञ्जन लिने गरेका छन्।

फिल्ममा देखाइने सबै दृश्य वास्तविक हुँदैनन्। कतिपय वास्तविक कुरालाई पनि कथामा बुनेर निर्देशकहरुले पर्दामा उतार्ने गरेका छन्। चलचित्र वा टीभी सिरियलमा कलाकारहरुले विभिन्न डरको सामना गरिरहेको देखाइन्छ।

कहिलेकाहीँ छायांकन सेटमा भोगको डर कलाकारले वास्तविक जीवनमा पनि सँगै लिएर आउँछन्। फिल्म ‘ग्यासलाइट’ सेटमा कलाकार सारा अली खानले भूतको सामना गर्नुपरेको थियो। छायांकन सेटमा सामना गरेको भूतको डर उनको जीवनमा लामो समयसम्म रहेको साराले बताएकी छन्। उनले डरको यो अनुभव चित्रांगदा सिंहसँग सेयर गरेकी हुन्। 

सारा पछिल्लो समय नयाँ पुस्ताले निकै रुचाएकी कलाकार हुन्। उनी छिट्टै चित्रांगदा सिंहसँग फिल्म ‘ग्यासलाइट’मा देखिनेछिन्। हालै चित्रांगदा सिंहले फिल्मको सेटमा सारालाई दुःखदायी अनुभव भएको खुलासा गरेकी छन्। 

चित्रांगदाले भनेकी छन्, ‘जब फिल्मका सबै मान्छे र क्रु मेम्बरहरू वांकानेर दरबारमा सुटिङको मजा लिइरहेका थिए, तब दरबारमा केही गडबड भयो। वास्तवमा साराको होटेल सुटिङ सेटबाट धेरै टाढा थियो, त्यसैले होटेलदेखि दरबारसम्मको यात्रामा समय बचाउन उनले दरबारमै बस्ने निर्णय गरेकी थिइन्, त्यो समयमा उनले जे अनुभव गरे, त्यो भुल्न सजिलो छैन।’

यस घटनाबारे चित्रांगदा सिंहले बताइन्, ‘कि साराले दरबारमा आवाज सुने। जब उनी बाथरुममा गइन्, उनले हावाको झ्यालझैँ कोही गएको महसुस गरिन्। यस घटनापछि सारा त्यहाँ एक रात मात्रै बसिन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .