ad ad

कला


अभिनेता शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने (भिडिओ)

अभिनेता शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने (भिडिओ)

नेपालखबर
चैत १३, २०७९ सोमबार २१:४७, काठमाडौँ

सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन्।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसँग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन्।

उनले आज आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन्। विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो।  

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रम मार्फत सहकार्यको ४१ वर्ष समावेश गर्ने बताएका छन्। 

उनले प्रोमोमा भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिन। मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकुँ।’

उनले आफ्नो कार्यक्रम मार्फत आफैँलाई नजिकबाट चिन्न सक्ने बताएका छन्। उनले एक औपचारिक कार्यक्रम मार्फत कार्यक्रमको औपचारिक घोषणा गर्ने तयारी भएको बताएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .