कला


रविका फ्यानलाई एलिनाको प्रश्न– मैले यसरी गाली खानुपर्ने के गरेँ?

रविका फ्यानलाई एलिनाको प्रश्न– मैले यसरी गाली खानुपर्ने के गरेँ?

नेपालखबर
फागुन १, २०७९ सोमबार १३:४८, काठमाडौँ

एक टेलिभिज कार्यक्रममा रवि लामिछानेलाई व्यक्तिगत रुपमा चिन्दिनँ भनेपछि गायिका एलिना चौहान ट्रोलको सिकार बनेकी छन्।  कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले रविको फोटो देखाएर उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा एलिनाले भनेकी छन्, ‘रवि लामिछाने भनेर चिन्छु। त्यसबाहेक व्यक्तिगत रुपमा चिन्दिनँ। उहाँसँग मेरो भेट भएको छैन।’

एलिनाले बोलेको यही संवाद काटेर उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले गाली गरिरहेका छन्। कतिपयले उनको फोटोमा श्रद्धाञ्जली समेत लेखेका छन्। रविलाई नचिनेको भन्दै गाली खाइरहेकी चौहानले फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टीकरण दिएकी छन्।

उनले लेखेकी छन्, ‘आदरणीय दर्शक महानुभावहरु नमस्कार! आज म जहाँ जुन अवस्थामा छु, हजुहरुको माया र आशीर्वाको कारण छु। पछिल्लो समय  मैले रजतपट कार्यक्रममा दिएको अन्तवार्ताको एक अंशलाई लिएर निकै विवाद भइरहेको कुराले मेरो ध्यान आकर्षण भएको छ। उक्त कार्यक्रमको ‘कुन रुपमा चिन्नुहुन्छ’ भन्ने सेगमेन्टमा रवि दाइको फोटो देखाएर कार्यक्रम सञ्चालकले उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहाँलाई व्यक्तिगत रुपमा चाहिँ चिन्छु भन्नुपर्ने थियो तर अहिलेसम्म देखभेट नभएको हुनाले व्यक्तिगत रुपमा चिन्दिनँ भनेकी थिएँ।’

एलिनाले आफ्नो फेसबुक स्टाटसमा रविलाई समाजसेवी, युवा नेता तथा कुशल पत्रकारका रुपमा चित्रण गरेकी छन्। गाली गर्नेहरुलाई उनले भावनामा बगेर भन्दा पनि पूरै कार्यक्रम हेरेर धारणा बनाउन आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘एकपटक आँखा चिम्म गरेर सोच्नुस त, मैले त्यसरी गाली खानुपर्नेगरी केही गरेकी छु र? म हजुरहरुकै छोरी, चेली, दिदी, बहिनी हो। त्यसैले त्यति तल झरेर गाली नगरिदिनुहोला। मैले जानीजानी कुनै गल्ती गरेकी छैन। कसैप्रति गलत धारणा राखेकी पनि छैन। तर पनि मेरो कुराले कसैको भावनामा आँच पुगेको भए माफि चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad