गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता सज्जा चौलागाईंको ‘तिमीसँग’ म्युजिक भिडिओ सार्वजनिक भएको छ। गीत सज्जा आफैंले लेखेकी हुन भने स्वर पनि आफैंले दिएकी छिन्।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच भिडिओ सार्वजनिक गरिएको हो।
मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बसेर विभिन्न म्युजिक क्षेत्रमा संलग्न छिन्।
विद्यालयमा हुँदादेखि नै गायन प्रतियोगितामा सहभागी भइ प्रथम हुँदै आएकी सज्जा नेपाल आइडलमा प्रवेश गरेसँगै उनको रक-पप शैली र बोल्ड आवाजको चर्चा भएको थियो।
संगीतमा भविष्य बनाउने उद्धेश्य बोकेकी ‘दि लोडिङ’ नामक ब्यान्डमा समेत आबद्ध भएर काम गरेकी छिन्।
सार्वजनिक भएको यो गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ। प्रशंसा रायमाझी निर्देशित भिडिओमा सज्जाको सोलो अभिनय छ।
डियोमा घोङबाको छायांकन, सम्पादन र कलर, हिना थापा मगरको मेकअप, सुजनी डिजाइन (सुजनी ठकुरी)को ड्रेस छ।
भिडिओ:
Shares

प्रतिक्रिया