गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन्।
‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।
कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरुमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीतहरु प्रस्तुत गर्नेछन् ।
यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, तिर्सला गुरुङ लगायतले लाइभ ब्यान्डसहित सांगीतिक प्रस्तुति दिएका थिए ।
विगत पाँच वर्षदेखि टर्टल क्लब सञ्चालित छ। केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारहरूको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए।
प्रतिक्रिया