ad ad

कला


कलाकार संघमा अध्यक्ष बन्नेको ताँती

कलाकार संघमा अध्यक्ष बन्नेको ताँती

नेपालखबर
पुस २६, २०७९ मंगलबार ११:३४, काठमाडौँ

आगामी चैत ४ गते कलाकार संघले नयाँ नेतृत्व पाउँदै छ। मनोरञ्जन क्षेत्रको छाता संगठन संघले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने छ।

तर महाधिवेश आउन २ महिनाभन्दा बढी बाँकी छँदै कलाकार संघमा रमिता देखिएको छ। 

अहिलेसम्म कलाकार संघको अध्यक्ष पदका लागि मात्रै ४ जनाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

उम्मेदवारी घोषणा गर्नेमा अग्रजदेखि अनुज पुस्तासम्मका कलाकार देखिन्छन्। अहिलेसम्म सविन श्रेष्ठ, रेजिना उप्रेती, सुशान्तकुमार श्रेष्ठ र मोहन निरौलाले उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान अध्यक्ष रवीन्द्र खड्का पनि दोहाेरिन पुनः उम्मेदवार बन्ने बताइरहेका छन्। उनले उम्मेदवारी भने घोषणा गरिसकेका छैनन्। 

सबै उम्मेदवारका आआफ्नै समर्थक देखिएका छन्। समर्थन गर्नेहरुले क्षमताका आधारमा भन्दा पनि युवा, पाको, महिला भनेर समर्थन गरिरहेको भेटिन्छ। चुनावसम्ममा अध्यक्ष प्रत्यासीको संख्या अझै बढ्ने केहीको विश्लेषण छ। कतिले भने केही कलाकारले चर्चाका लागि उम्मेदवारी घोषणा गरे पनि चुनावमा नाम फिर्ता लिने चर्चा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .