अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान आयुषमान देशराज जोशी एकसाथ म्यूजिक भिडियोमा देखिएकी छन्।
‘तिम्रो मायाको सागर’बोलको गीतको म्यूजिक भिडियोमा यो जोडी सँगै देखिएको हो। म्यूजिक भिडियोमा आयुष्मान र प्रियंका रोमान्टिक रुपमा प्रस्तुत भएका छन्।
सार्वजनिक गीत सुरेन्द्र महर्जनले लेखेका हुन्। गीतमा सन्तोष श्रेष्ठको संगीत सुन्न सकिन्छ। गीत कुमार सानु र देविका बन्दनाले गाएका छन्।
प्रियंका र आयुषमानको अभिनय रहेको म्यूजिक भिडियो निर्देश निकेश खड्काले गरेका हुन्।

174
Shares

प्रतिक्रिया