भारतीय मोडल तथा कलाकार सन्नी लियोनीका लागि ड्रेस नेपाली युवतीले डिजाइन गरिरहेककी छन्। नेपाली युवती सरिना बुढाथोकी सन्नीकी फेसन डिजाइनर हुन्।
सन्नीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरमा पनि सरिनाको नाम उल्लेख गरेकी छन्। सरिनाले हितेन्द्र कपोपारासँग मिलेर सन्नी लियोनीका लागि स्टाइलिसको काम गरिरहेकी छन्। हितेन्द्र भारतका सेलिब्रिटी स्टाइलिस्टमध्ये एक हुन्।
सरिनाले सन्नीसँग ‘मच्चाओ म्युजिक प्रोडक्सन’मा पनि स्टाइलिस्टको काम गरिरहेकी छन्। सरिनाले बलिउडका केही फिल्म र म्युजिक भिडिओमा पनि स्टाइलिस्टको रुपमा काम गरेकी छन्। सरिनाले नेपाली अभिनेत्री अदिती बुढाथोकीका लागि पनि डिजाइनरको काम गरिरहेकी छिन्।
270
Shares
प्रतिक्रिया