कला


वैशाखमा सकिन्छ यो जोडीप्रति दर्शकको पर्खाइ

वैशाखमा सकिन्छ यो जोडीप्रति दर्शकको पर्खाइ

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ९:५८, काठमाडौँ

कलाकार तथा निर्माता दीपकराज गिरी र कलाकार दीपाश्री निरौला नेपाली फिल्म उद्योगको उदाहरणीय जोडी हुन्।

यो जोडीले उद्योगमा थुप्रै काम गरेका छन्। लामो समयदेखि कला यात्रामा सँगै हिँडिरहेको यो जोडीका विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका हुन्छन्। दीपक–दीपाले त्यस्ता टिप्पणीको वास्ता गर्दैनन्। काममा भने निरन्तर सँगै देखिइरहेका छन्। 

दीपक–दीपाको जोडीले मल्टिप्लेक्स फिल्म हल सञ्चालन गर्ने भनेको निकै समय भइसक्यो। दर्शक तथा शुभचिन्तक यो जोडीले निर्माण गर्दै गरेको हल सञ्चालनको पर्खाइमा छन्। उनीहरुको यो पर्खाइ अब वैशाखबाट सकिने भएको छ। 

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ।

आईएनआई सिनेमाजको  फ्रेन्चाइजअन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ। 
दीपक-दीपा ‘छक्कापञ्जा ४’ निर्माणको अन्तिम चरणमा छन्। यो फिल्म फागुन १९ गते नै रिलिज हुने घोषणा भइसकेको छ।

त्यसैले दीपक-दीपाले आफ्नो हलको ओपनिङ कुन फिल्मबाट गर्छन् भन्ने पक्का छैन। दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .