ad ad

कला


मध्यराति के भयो समीक्षालाई? लेखिन्, ‘अब म बाँच्न सक्दिन’

मध्यराति के भयो समीक्षालाई? लेखिन्, ‘अब म बाँच्न सक्दिन’

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार १५:८, काठमाडौँ

गायिका समीक्षा अधिकारीको जीवनमा पछिल्लो समय निक्कै उतारचढाव आइरहेका छन्।

सामाजिक सञ्जालमा उनीमाथि गरिएका टिप्पणी, सार्वजनिक कार्यक्रममा उनीमाथि भैरहेका विभिन्न घटनाले उनको सांगीतिक करिअर निक्कै असहज बन्दै गएको देखिन्छ। 

लामो सामाजिक सञ्जालबाटै हराएकी समीक्षा पछिल्लो समय सामाजिक सञ्जालमा भने सक्रिय छिन्। उनै गायिका अधिकारीले सोमबार राति निक्कै हतास देखिने खालको स्टाटस पोस्ट गरिन्।

मध्य रातमा समीक्षाले लेखेको उक्त स्टाटसले उनका फ्याललाई चिन्तित तुल्याएको छ। 

लेखेको केही समयमा उनले उक्त स्टाटस भने हटाएकी छिन्। तर उनको स्टाटसको स्क्रिन सर्ट भने अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। उनले स्टाटसमा लेखेकी थिइन् ‘मलाई अति नै गाह्रो भैसक्यो। अब म बाँच्न सक्दिनँ।’

सानो उमेरमा सांगीतिक क्षेत्रमा लोभलाग्दो सफलता कमाएकी समीक्षाको करिअरले पछिल्लो समय गति लिन सकेको छैन।

करिअरको उर्वर समयमा रहेका बेला प्रेममा परेकी समीक्षाको जीवनमा प्रेम र त्यसपछिका घटनाक्रमले निक्कै क्षती पुराएको देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .