अभिनेत्री मेनुका प्रधान र विनय श्रेष्ठको जोडी सात वर्षपछि पुनः पर्दामा फर्किने भएको छ। २०७२ सालमा ‘रेसम फिलिली’मा जोडी कलाकारका रुपमा देखिएका विनय र मेनुका यहि फिल्मको सिक्वेलमा पुनः देखिने भएका छन्।
सात वर्ष अघिको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा निर्माण हुने फिल्मको छायांकन केहि समयपछि सुरु हुने बताइएको छ।
पटकथा लेखनको काम भैरहेको यो फिल्ममा मेनुका र विनयका साथमै पुरानै कलाकार कर्मा, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया पनि दोहोरिने छन्।
फिल्मको पहिलो श्रृंखला प्रवण जोशीले निर्देशन गरेका थिए। दोस्रो श्रृंखलामा जोशी नै निर्देश्कका रुपमा रहने नहरे कुराको भने टुङ्गो लागेको छैन्। भी मोक्सन पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा माधव वाग्लेले लगानी गर्ने छन्।
मंसिर २२, २०७९, बिहीबार
प्रतिक्रिया