ad ad

कला


जापानमा गायिका अमृता श्रीपाललाई दुर्व्यवहार प्रकरणमा सहमति

जापानमा गायिका अमृता श्रीपाललाई दुर्व्यवहार प्रकरणमा सहमति

फाइल तस्बिर : गायिका अमृता श्रीपाल।


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १०:१५, जापान

गायिका अमृता श्रीपाललाई जापानको ओसाका कोबेमास्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापाले दुव्र्यवहार गरेको विवादमा सहमति गरिएको छ। 

नेपालबाट उक्त दाहोरी साँझ आएकी गायिका श्रीपालले बुधबार त्यसका सञ्चालक थापाले यौन दुर्व्यवहारका साथै मार्ने धम्की दिएको भन्दै मोना जापान र प्रतिष्ठान जापानमा न्यायका लागि निवेदन दिएकी थिइन्। 

त्यसपछि बिहीबार मोनो एसिया प्यासेफिक संयोजक दीपक कार्की, एनआरएन खान्साई संयोजक दिलीप शर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलवीर थापालगायत सरोकारवाला व्यक्तिहरूको रोहबरमा भएको छलफलमा दुई पक्षबीच सहमति भएको हो।   

धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापाले आफूबाट गल्ती भएको स्वीकार गर्दै आत्लोचना गरेपछि विवाद साम्य भएको हो। 

यस क्रममा गायिका श्रीपालले पाउनुपर्ने पारिश्रमिक १० लाख रुपैयाँमध्ये १ लाख अग्रिम भुक्तानी भइसकेको र बाँकी ९ लाख रुपैयाँ आगामी अक्टोबर १६ तारिखसम्ममा सञ्चालक थापाले मोना जापानको खाता नम्बरमा जम्मा गर्नुपर्ने सहमति भएको छ। साथै गायिका श्रीपाललाई नेपाल फिर्ता हुने हवाई टिकटको व्यवस्था पनि दोहोरी साँझले गरिदिनुपर्ने सहमति गरिएको छ। 

उक्त सहमतिबमोजिम अब यस विषयमा कुनै पक्षले कहीँ कतै कुरा नगर्ने वाचा गरिएको छ। 

हेर्नुहोस् सहमति पत्र :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .