ad ad

कला


‘छड्के २’मा अनमोलको जोडी रेशा

‘छड्के २’मा अनमोलको जोडी रेशा

नेपालखबर
भदौ २८, २०७९ मंगलबार ७:५७, काठमाडौँ

नेपाली फिल्म ‘छड्के २’मा अनमोलसँग मोडल रेशा आलेमगरले स्क्रिन सेयर गर्ने भएकी छन्। फिल्मको छायांकन सुरु भइसक्दासम्म निर्माण टिमले नायिकाको नाम गोप्य राखेको थियो। 

निर्माण टिम अझै पनि फिल्मकी नायिका गोप्य नै राख्न चाहन्थ्यो। तर फिल्म छायांकनमा गएसँगै नायिकाको नाम सार्वजनिक भएको हो। 

यो फिल्ममा अनमोल केसी ग्याङस्टारको भूमिकामा देखिँदै छन्। उनको जोडीको रुपमा रेशाले काम गरिरहेकी छन्। रेशाको फिल्ममा कस्तो भूमिका छ भन्नेबारे केही खुलाइएको छैन। 

निगम श्रेष्ठको निर्देशमा छायांकन भइरहेको फिल्म युनिट चितवन छायांकन सकेर मुस्ताङ जाने तयारीमा छ। याे फिल्ममा प्रशान्त गिरी र देवु श्रेष्ठले संयुक्त रूपमा लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .