ad ad

कला


भारतीय सद्‌गुरुसँग राजेश हमाल

भारतीय सद्‌गुरुसँग राजेश हमाल

नेपालखबर
भदौ १३, २०७९ सोमबार ७:५३, काठमाडौँ

नेपाली फिल्मका नायक राजेश हमालले भारतीय आध्यात्मिक सेलिब्रेटी सद्‌गुरुसँग अन्तर्वार्ता गरेका छन्।

उनले बैंग्लोरमा सद्‌गुरुसँग अन्तर्वार्ता गरेका हुन्।

बिहिबार भारत पुगेका हमालसँग नेपाली गायक रवि ओड र भीवाइएफका संचालक दशरथ सुनार पनि रहेका छन्। 

प्रतीक्षित बनेको यो टक शो सुटिङका लागि हमाल तामिलनाडुस्थित कोइमबतुरमा रहेको सद्‌गुरुको आश्रममा नै पुगेका थिए।

यो टक शो मा हमाल र सद्गुरु बिच नेपाल र भारतको मित्रता, संकृति र अध्यात्मको बिषयमा कुराकानी भएको बताइएको छ। 

सद्‌गुरुले आगामी भदौ १७ गते काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा प्रवचन समेत दिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .