ad ad

कला


चल्न नसकेकी मलिका

चल्न नसकेकी मलिका

नेपालखबर
साउन २२, २०७९ आइतबार ८:२१, काठमाडौँ

फिल्म ‘यात्रा’बाट रजतपटमा देखापरेकी मलिका महत पहिलो फिल्मबाटै मार्क भइन्। मलिकाले फिल्ममा सम्भावना त देखाइन् तर उनको पहिलो फिल्म चलेन। 

फिल्म नचले पनि म्युजिक भिडियोको यात्रा भने मलिकाका लागि सुखद रह्यो। उनले अभिनय गरेका म्युजिक भिडिओले युट्युबमा राम्रो भ्युज पाए। 

युट्युबमा मलिकाले पाएको दर्शक केही निर्माता हलमा उर्तान चाहन्थे। त्यसैले उनलाई महँगो रकम तिरेर आफ्नो फिल्ममा खेलाउने चाहना राख्ने निर्माताको सूची लामै थियो।

मलिकाले भने आफूले दोस्रोपटक अभिनय गरेको फिल्म ‘पानीफोटो’ पछि मात्रै अन्य फिल्ममा अभिनय गर्ने सोच बनाइन्।

यो फिल्मबाट उनलाई हलमा पनि चल्ने आशा थियो। तर फिल्मले दर्शक तान्न सकेन। दोस्रो फिल्ममा पनि मलिका सफल हुन सकिनन्।

‘पानीफोटो’ चल्ने आशमा राम्रा ब्यानरका फिल्म छोडेकी मलिकाका दुई फिल्म लगातार बक्स अफिसमा असफल भएपछि उनलाई युट्युबकी हिट फिल्म हलकी फ्लप हिरोइन भन्न थालिएको छ।

लगातार दुई फिल्म असफल भएपछि मलिका आफ्नो करिअरलाई लिएर गम्भिर देखिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .