कला


केकी र प्रकाश सपुत एकअर्काका क्रस!

केकी र प्रकाश सपुत एकअर्काका क्रस!

नेपालखबर
साउन १८, २०७९ बुधबार १०:५२, काठमाडौँ

नेपाली चलचित्र उद्योगमा जमेकी केकी अधिकारी र सांगीतिक दुनियाँमा जमेका प्रकाश सपुतको अहिले एकै ठाउँमा चर्चा भइरहेको छ। 

प्रकाश ‘परदेशी २’मार्फत चलचित्र उद्योगमा डेब्यु गर्ने तयारीमा छन्। उक्त चलचित्रमा केकी अधिकारी र प्रकाशलाई जोडीको रुपमा देखिनेछ। 

केकी र प्रकाशले आफूहरु एकअर्काको क्रस रहेको बताएका छन्।

हुन त फिल्म प्रचारका क्रममा कलाकारका यस्ता फण्डा सार्वजनिक भइरहन्छन्। 

तर धेरै चलचित्र  रिलिज भइसक्दा पनि गसिपको पात्र नबनेकी केकी आफैंमा ब्राण्ड हुन्।

तर  प्रकाशको कुरालाई भने केहि हदसम्म सत्य मान्न सकिन्छ। 

प्रकाशले हेरोइनका रुपमा पहिलो पटक केकीलाई देखेको बताए।

प्लस टु पढ्दाताका बाग्लुङमा एक फिल्मको प्रचारका क्रममा केकीलाई देखेको बताउँदै प्रकाशले भने ‘केकी जीलाई पहिलो पटक देख्दा लब एट फस्ट साइट’ भएको थियो। उनले थपे ‘त्यतिबेला मेरो बिहे भएको थिएन।’

केकीले पनि आफू प्रकाशको सिर्जनाको सधैं क्रस भएको सुनाइन्। 

उनले भनिन् ‘प्रकाशजी यति राम्रो हुनुहुन्छ कि उहाँ जसको पनि क्रस होला। मलाई उहाँको सिर्जनामाथि निकै विश्वास छ। उहाँका सिर्जना मेरो मनको नजिक छन्। सिर्जनाको हिसाबले उहाँ मेरो पनि क्रस हो।’

केकी र प्रकाशले यो फिल्म अघि नै गीतमा सहकार्य गरिसकेका छन्। उनीहरुको सहकार्य हिट भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad