कला


चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँ : भुवन केसी

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँ : भुवन केसी

नेपालखबर
साउन १२, २०७९ बिहिबार ७:३२, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेको बताएका छन्।

बुधबार चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै अभिनेतासमेत रहेका केसीले यस्तो बताएका हुन्।

उनले चलचित्र क्षेत्रको उत्थान र विकासका लागि आफू राजनीतिमा गएको बताए।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै कार्यकारी अध्यक्ष केसीले आफूलाई चलचित्र क्षेत्रको विकासका लागि ठूलो जिम्मेवारी आएको बताए। 

आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्ने र विशेष गरी चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाए।

अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाँचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताए।

'मलाई ठूलो जिम्मेवारी आएको छ। ४० वर्षदेखि म फिल्म इन्डस्ट्रीमा छु। यसका धेरै समस्याहरु बुझेको छु। त्यो समस्या समाधानका लागि म यहाँ आएको छु। म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ।' उनले भने।

'कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो। मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत्थान र विकासका लागि हो। म राजनीतिमा गएर चलचित्र क्षेत्र राम्रो हुन्छ भने म कुनैपनि ठाउँमा जान तयार छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad