कला


पूजाले दर्शकलाई थर्काएपछि...

पूजाले दर्शकलाई थर्काएपछि...

नेपालखबर
साउन २, २०७९ सोमबार ७:४२, काठमाडौँ

टिकटकमा दुई दिन यता एउटा भिडियो भाइरल भएको छ। 

जुन भिडियोमा नायिका पूजा शर्मा आक्रोशित मुद्रामा देखिएकी छिन्। उक्त भिडियोका कारण पूजाको आलोचना समेत भइरहेको छ।  

आफू अभिनित पछिल्लो फिल्म 'सम्झना विर्सना' हेर्न सिनेमा घर पुगेका दर्शक माथि पूजाले आक्रोश पोखेकी हुन्।

उक्त फिल्ममा आकाश श्रेष्ठ पूजाको जोडी कलाकारका रुपमा अभिनय गरेका छन्। दर्शकसँग फिल्म हेर्न भन्दै प्रदर्शनको पहिलो दिन शुक्रबार पूजा र आकाश काठमाडौंको अष्ट नारायण हल पुगेका थिए।

हलमा पुगेका दर्शकले आकाशको नाम लिएर नारा लगाए। त्यसपछि पूजाको पारो तातिहाल्यो। उनले दर्शकलाई 'किन उसको मात्रै नामको नारा लगाएको, फिल्म दुबै जनाको हो' भनेर आक्रोश पोखिन्। 

पूजाको आक्रोश पछि दर्शकले मन लागि नलागी पूजाको नाममा पनि नारा लगाएको भाइरल भिडियोमा देख्न सकिन्छ। 

पूजाको आक्रोशपछि आकाशले भने नम्र स्वरमा सबैलाई सम्मान गर्नुपर्छ' भनेर सम्झाएका थिए। दर्शकसँग आक्रोश पोखेर पूजा अष्ट्रेलिया उडिन्। यता उनको फिल्मले पोस्टरको पैसा समेत उठाउन सकेन। 

देशभरका सय भन्दा धेरै हलबाट एकसाथ प्रदर्शनमा आएको फिल्मले दर्शक हलसम्म तान्न सकेको छैन। फिल्म चलाउनका लागि अनेक फण्डा गर्ने पूजाको 'सम्झना विर्सना' हलमा चल्न सकेको छैन्। 

केहिदिन अघिसम्म आफूले अभिनय गरेको फिल्मको निर्माता नरुवाउने बताउँदै आएकी पूजाको स्टारडमले यो फिल्ममा भने काम नगर्ने देखिएको छ। 

मल्टिप्लेक्सबाट फिल्मको शो घटेर एक शोमा झरेको छ। सिंगल थिएटरहरूमा पनि फिल्मको व्यापार निराशाजनक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad