कला


छक्कापञ्जाको रेकर्ड तोड्ने दिशामा ‘कबड्डी ४’

छक्कापञ्जाको रेकर्ड तोड्ने दिशामा ‘कबड्डी ४’

नेपालखबर
जेठ १९, २०७९ बिहिबार ७:३३, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ ले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि प्रदर्शनको पहिलो दिन अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रले अर्को नयाँ कीर्तिमान कायम गरेको हो। यो चलचित्र प्रदर्शनको पाँचौँ दिनमा १० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

प्रदर्शनको पहिलो साता ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्रले सोमबार र मंगलबार मात्रै दुई करोड रुपैयाँ कमाएको छ।

कबड्डी सिरिजमा सबैभन्दा धेरै तेस्रो सिरिजले प्रदर्शन अवधिभर जम्मा १३ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। चौथो सिरिजले भने यो रेकर्ड ब्रेक गर्ने देखिएको छ। 

अहिलेसम्म सबैभन्दा धेरै कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान ‘छक्कापञ्जा ३’ले कायम राखेको छ। यो फिल्मले १६ करोड ग्रस कलेक्सन गरेको थियो।

कबड्डीको अन्तिम सिरिज भनेर प्रचार गरिएको चलचित्र ‘कबड्डी ४’को कमाइ यही हिसावले अगाडि बढ्ने हो भने त्यो रेकर्ड पनि तोड्ने संकेत देखाएको छ।

यो साता पनि कबड्डी सिरिजको कमाइको स्थिर ट्रेन्ड कायम रहेको खण्डमा छक्कापञ्जा ३ को कीर्तिमान सजिलै तोड्ने देखिन्छ। 

तर फ्राइडे रिलिज अन्तर्गत भोलिबाट केही चलचित्र प्रदर्शन हुँदैछन्। जसको असर ‘कबड्डी ४’ को कमाइमा पनि पर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad