कला


कर छली मुद्दाको कारण साकिरा तनावमा

कर छली मुद्दाको कारण साकिरा तनावमा

नेपालखबर
जेठ १५, २०७९ आइतबार ७:४२, काठमाडौँ

गीतका कारण चर्चामा रहने कोलम्बियाकी गायिका साकिरा यसपटक फरक विषयले चर्चामा तानिएकी छिन्। उनी कर छलीका कारण चर्चामा आएकी हुन्। 

स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ। सन् २०१८ मा नै आफू माथि लागेको कर छलीको आरोप निराधार रहेको भन्दै अदालतमा निवेदन दिएकी थिइन। तर अदालतले उनको निवेदनलाई स्वीकार गरेको थिएन।

त्यतिबेला उनले सन २०१२ देखि २०१४ सम्म गरेको आम्दानीको एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको एक स्पेनिस उजुरीकर्ताले आरोप लगाएका थिए। यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन्।

उनीमाथिको यो उजुरी भने सन २०१९ मा मात्रै दर्ता भएको थियो। त्यतिबेला उनले बयान दिदै आरोपको खण्डन गरेकी थिइन। उनले कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी समेत गरेकी थिइन। 

कर छलीको यो विषय पुनः साकिराका लागि टाउको दुखाईको विषय बनेको छ। यद्यपि, पहिलोपटक न्यायाधीशले अपराधीलाई काराबासको सजायमा माफी दिनसक्ने जनाइएको छ। तर, यसबारे आधिकारिक पुष्टि हुन भने सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad