गायक रामकृष्ण ढकाल नयाँ गीत लिएर बजारमा आएका छन्।
उनको स्वरमा पछिल्लो पटक ‘म हराएँ मनमनैमा’ बोलको गीत सार्वजनिक भएको हो। रोमान्टिक शैलीको सार्वजनिक गीत सन्तोष भट्टराईले लेखेका हुन्।
गीतमा हरी लम्सालको संगीत र सुरज श्रेष्ठको संगीत संयोजन सुन्न सकिन्छ।
पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकालले अभिनय गरेका छन्।
यो जोडी म्युजिक भिडियोमा निक्कै रोमान्टिक देखिएका छन्।
भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ। गीतको म्युजिक भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन्।
भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ ।
गीतको क्रियटिभ हेड जया शर्मा हुन्।
भिडिओ -
273
Shares
प्रतिक्रिया