कला


कलाकारले राजनीति गर्दा हुन्छ, त्यसैले कांग्रेस रोजेँ : श्वेता खड्का

कलाकारले राजनीति गर्दा हुन्छ, त्यसैले कांग्रेस रोजेँ : श्वेता खड्का

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १८:४४, काठमाडौँ

अभिनेत्री श्वेता खड्काले नेपाली कांग्रेसमा प्रवेश गर्नुको कारण खुलाएकी छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट बालुवाटारमा कांग्रेसको सदस्यता लिएपछि उनले कलाकारले राजनीति गर्दा केही फरक नपर्ने तर्क गरेकी छन्। 

२०७४ मा एमाले प्रवेश गरेका भुवन केसी र पति विजयन्द्र सिंह रावतसँगै कांग्रेसको सदस्यता लिएकी श्वेताले आफ्नो कदमको बचाउ गरेकी हुन्। 

‘कलाकारले कलाकारिता मात्रै गर्नुपर्छ, राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद गर्न कांग्रेस प्रवेश गरेँ', उनले भनेकी छन्, 'राजनीतिबाट जति नै टाढा रहन खोजे पनि सबैको दैनिकीमा राजनीतिक प्रभाव रहने भएकाले यो निर्णय लिएकी हुँ।'

बिपी कोइरालाको विचारधारालाई आत्मसाथ गर्दै उनकै एजेन्डामा आफूलाई समाहित गरेर कांग्रेस प्रवेश गरेको श्वेताले भनेकी छन्। 

निर्णय लिनुभन्दा अगाडि आफंले धेरैपटक स्व:संवाद, स्व:विश्लेषण र स्व:विचार गरेको उनको तर्क छ। 

‘मेरो अन्तरमनको कुनामा लुकेको सामाजिक विकास , परिवर्तन र रुपान्तरणको चाहनाले मलाई राजनीतिको प्रभावबाट कुनै ब्यक्ति टाढा हुन सक्दैन भन्ने भाव उत्पन्न भयो,’ उनको तर्क छ।

कांग्रेसमा आवद्धतासँगै फरक विचार राख्ने कुनै व्यक्ति र दलप्रति पूर्वाग्रह नरहने उनले बताइन्। 

‘जो जहाँ रहेपनी, जो जता गए पनि, देश र जनताको निमित्त निस्वार्थ भावले काम गर्न सकौँ,’ उनले भनेकी छन्। 

यसबीचमा आउने सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रतिक्रियालाई आत्मसाथ गर्ने श्वेताले बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad