कला


विदेश यात्रामा निस्कनुअघि ‘हेल्लो जिन्दगी’को नयाँ गीत

विदेश यात्रामा निस्कनुअघि ‘हेल्लो जिन्दगी’को नयाँ गीत

नेपालखबर
बैशाख १८, २०७९ आइतबार १८:८, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’को नयाँ गीत रिलिज भएको छ। चलचित्रको ‘रिमझिम रिमझिम’बोलको गीत रिलिज गरिएको हो। 

एभरेष्ट बोहोराको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको सार्वजनिक गीत प्रमोद खरेलले गाएका छन्।

गीतमा चलचित्रका शिर्ष पात्र विक्रम डी जोशी र दीपिका प्रसाईंलाई प्रस्तुत गरिएको छ। 

गत चैतमा नेपाली हलमा प्रदर्शन भएको यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजका लागि प्रचार सुरु गरिएको हो।

चलचित्र अब अमेरिका, युके, जापान, अष्ट्रेलिया लगायतका देशमा प्रदर्शन गर्ने तयारी स्वरुप निर्माण टिमले नयाँ गीत रिलिज गरेको हो। 

नेपाली हलमा दर्शकको राम्रो साथ नपाएको चलचित्रले विदेशमा कत्तिको दर्शक पाउने हो त्यो भने हेर्न बाँकी नै छ।  

सिर्जना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको कथा चलचित्रका निर्देशक एभरेष्ट बोहोरासँग मिलेर अभिनेता विक्रम डी जोशीले लेखेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad