ad ad

कला


सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान

सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १०:९,

‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ।

अभियानले आज पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकतावद्ध रहेको जनाएको छ। अभियानका संयोजक एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगेन्द्र राईले नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि देश विदेशमा रहेका सबै सांस्कृतिकर्मीलाई अभियानमा सामेल हुन आग्रह गरे।

नेपालका ६० स्थानभन्दा बढी ठाउँमा भारतसँग सीमा समस्या रहेकाले त्यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उनले दुबै देशका जनताबीच सदियौं पूरानो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेकाले सीमा विवादका विषयमा आफूले भारतका कलाकरसँग कुरा गरेको समेत सुनाए।

अभियानले सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने र आगामी दिनमा साहित्य, नाटक र गीतलगायत माध्यमबाट जनमत सिर्जना गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सोअन्तर्गत यही मंसिर ९ गते काठमाडौंस्थित भारतीय दूतावासमा बिरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

अभियानमा जन सांस्कृतिक महासंघ नेपाल, नेपाल सांस्कृतिक संघ, रक्तिम सांस्कृतिक अभियान र समाजवादी सांस्कृतिक महासंघ आवद्ध छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .