कला


‘सिल्ली फो’मा केकीको फरक लुक्स

‘सिल्ली फो’मा केकीको फरक लुक्स

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार १५:१, काठमाडौँ

केकी अधिकारी स्टार चलचित्र ‘सिल्ली फो’को पोस्टर सार्वजनिक गरिएको छ।

आगामी असार ३१ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। 

राजबहादुर सानेले निर्देशन गरेको यो चलचित्रमा केकीका साथमा धीरेन शाक्य, रविन्द्र झा र राजाराम पौडेलले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। चलचित्रमा चार बदमास पात्रको कथा उठान गरिएको निर्देशक सानेले जानकारी दिए। 

चारजना पात्रको जीवनमा आउने घुम्ती र संघर्षमा आधारित चलचित्रको कथा सन्देश मुलक रहेको सानेको भनाई छ। ८० लाख बजेटमा निर्माण भएको यो चलचित्रमा केकीको अहिलेसम्मकै फरक लुक्स देखिने निर्देशक साने बताउँछन्।  

मनोज डीकेले निर्माण गरेको चलचित्रका विशाल श्रेष्ठ सहनिर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad