यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडिओसहितका गीत पनि निकाल्न थालेका छन्।
यसै क्रममा नेकपा एमालेले पनि आफूलाई भोट हाल्न आह्वान गरिएको गीति भिडिओ सार्वजनिक गरेको छ। जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नाचेका छन्।
रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार गीत उनी र पूर्णकला बिसीले गाएका हुन्।
अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन्। ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुन्।
801
Shares

प्रतिक्रिया