अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको चलचित्र ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, रोमान्स र सस्पेन्सले स्थान पाएको छ।
निमेष प्रधानले निर्देशन गरेको यो चलचित्रमा अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा लगानी गरेका छन्। चलचित्रमा पूजा र आकाशका साथमा सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणाले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
चलचित्र आगामी जेठ ६ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ। यो चलचित्रमा दार्जिलिङ, सिलगुडी र सिक्किमका रमणीय स्थलको दृष्य समावेश गरिएको छ। चलचित्रको पटकथा तथा संवाद निर्देशक प्रधानले नै लेखेका छन्।
आदित्य फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको दृष्य शिव ढकालले खिचेका हुन्। तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको चलचित्रमा राजन ईशान, सुदर्शन तामाङ र निर्देशक प्रधानकै पार्श्व संगीत सुन्न सकिन्छ।
ट्रेलर:
Shares

प्रतिक्रिया