कला


चौथोपटक बिहे गर्दै ५२ वर्षीया जेनिफर, ४९ वर्षीय एफलेकसँग ‘इन्गेजमेन्ट’

चौथोपटक बिहे गर्दै ५२ वर्षीया जेनिफर, ४९ वर्षीय एफलेकसँग ‘इन्गेजमेन्ट’

फाइल तस्बिर : बेन एफलेक र जेनिफर लोपेज


नेपालखबर
चैत २७, २०७८ आइतबार १६:०, काठमाडौँ

हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले आपसमा बिहे गर्ने तयारी गरेका छन्। 

जेनिफरका प्रतिनिधिले उनीहरूबीच दोस्रोपटक ‘इन्गेजमेन्ट’ भएको बताएका छन्। 

५२ वर्षीय जेनिफरेले चौथो र ४९ वर्षीय एफलेकको दोस्रोपटक विवाह गर्न लागेका हुन्। 

सन् २००० को सुरुवातमा भने यी दुईबीच ‘ब्रेकअप’ भएको थियो। 

तर अहिले पुन: नजिकिएका हुन्। 

शुक्रबार बेलुका जेनिफरले इन्जेगमेन्टमा लगाएको हिराको औंठीसहित भिडिओ सेयर गरेकी छन्। 

‘तपाईंहरू सबैलाई बताउन मसँग निकै उत्साही र विशेष स्टोरी छ’, जेनिफरले ट्विटरमा लेखेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad