कला


आरआरआरको आक्रामक व्यापार : छायाँमा नेपाली फिल्म

आरआरआरको आक्रामक व्यापार : छायाँमा नेपाली फिल्म

नेपालखबर
चैत १३, २०७८ आइतबार १५:५०, काठमाडौँ

नेपाली चलचित्र उद्योगमा पछिल्लो साता विदेशी फिल्मको दबदबा छ।

‘म यस्तो गीत गाउँछु’को सिरिज पछि लागेका नेपाली फिल्मले खासै दर्शक तान्न सकेका छैनन्।

दुई साताअघि प्रदर्शनमा आएको ‘द कश्मीर फाइल्स’ले हल तानेका दर्शक बलिउडको प्रतीक्षित चलचित्र ‘आरआरआर’ हेर्न हल पुगेका छन्। यी दुई चलचित्रको छायाँमा हलमा लागेका नेपाली सिनेमा परेका छन्। 

पछिल्लो साता प्रदर्शनमा आएको ‘आरआरआर’ले नेपाली बक्स अफिसमा पनि आक्रामक व्यापार गरिरहेको छ। शुक्रबारबाट देशभरका १ सय ५० हलमा लागेको यो फिल्मले झण्डै २ करोड ५० लाख ग्रस कलेक्सन गरिसकेको वितरक स्रोतले बताएको छ। 

‘आरआरआर’को कलेक्सन कोरोना महामारी यताकै सबैभन्दा धेरै भनिएको छ। यो चलचित्रले ‘स्पाइडरम्यानस नो वे होम’को ओपनिङलाई कलेक्सनलाई उछिनेको छ।

स्पाइडरम्यानले मल्टिप्लेसमा मात्रै दर्शक तानेको थियो। आरआरआरले भने सिंगल स्क्रिनमा पनि आक्रामक व्यापार गरेको छ। आरआरआरका कारण आक्रामक व्यापार गरिरहेको फिल्म कश्मीर फाइल्सको व्यापार पनि ह्वात्तै घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad