बलिउड अभिनेता सलमान खानलाई पत्रकारलाई कुटपिट गरेको मुद्दामा अदालतले बोलाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको अँधेरी कोर्टले ३ वर्ष पुरानो मुद्दामा सलमानलाई अप्रिल ५ मा अदालत उपस्थित हुन आदेश दिएको हो।
साथै अदालतले उनलाई आफ्ना बडिगार्ड पनि लिएर आउन भनेको छ।
तीन वर्षअघि पत्रकार अशोक श्यामलाल पाण्डेलाई सलमान र उनका बडिगार्डले कुटेको अभियोग छ।
त्यतिबेला सलमानले साइकल चलाउँदै गरेको भिडिओ खिच्दा आफूलाई उनीहरू दुई जनाले हातपात गरेको पत्रकार पाण्डेको आरोप छ।
त्यसविरिुद्ध उनले अदालतमा मुद्दा दिएका हुन्।
120
Shares

प्रतिक्रिया