नेकपा माओवादी केन्द्रका नेताहरूको व्यापक विरोधपछि प्रकाश सपुतले अन्ततः ‘पिर’ गीतको भिडिओबाट विवादित दृश्य हटाएका छन्।
शनिबार उनले पूर्व माओवादी लडाकु देह व्यापारमा संलग्न भएको दृश्य हटाएर युट्युबमा नयाँ भिडिओ पुन: अपलोड गरेका हुन्।
कसैको दबाब र प्रभावले नभई नियोजित रूपमा माओवादी आन्दोलनको बदनाम गर्न खोजेको जस्ताे बुझिने भएकाले र सम्बन्धित समूहको आत्मसम्मान र स्वाभिमानको सम्मान गर्दै त्यो दृश्य हटाएको प्रकाशले उल्लेख गरेका छन्।
हेर्नुहोस् प्रकाशको पत्र र सम्पादित नयाँ भिडिओ–
3.1k
Shares

प्रतिक्रिया