कला


कुलमानको जीवनी प्रेरित म्युजिक भिडियो ‘बादलहरू’ सार्वजनिक

कुलमानको जीवनी प्रेरित म्युजिक भिडियो ‘बादलहरू’ सार्वजनिक

नेपालखबर
चैत २, २०७८ बुधबार १०:४७, काठमाडौँ

उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने सङ्गीत मानव सुवेदीको छ।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए। 

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ।

कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ। सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन्। 

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतको भिडियोमा सुशील सापकोटाको छायांकन छ भने सम्पादन मानव स्वयंको छ। 

भिडिओ- 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad