कला


आँखा दानको सन्देशका लागि बन्यो चलचित्र ‘थर्ड आई’

आँखा दानको सन्देशका लागि बन्यो चलचित्र ‘थर्ड आई’

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १६:१८, काठमाडौँ

नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण भएको छ। जीवन पछि पनि अरुलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि यो फिल्म बनेको हो। 

यो चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, बिनोद मिश्र, सुरज पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ। 

आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो चलचित्र निर्माण गरिएको छ।

करिब एक घन्टाको यो चलचित्र चितवनबाट निर्माण भएको हो। चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन्। यो चलचित्र हेरेपछि नेत्र दानको महत्व दर्शकले बुझ्ने र मृत्युपछि आँखा दान गर्ने विश्वास निर्देशक अधिकारीले लिएका छन्। 

‘यो चलचित्रलाई अब यही फागुनको अन्तिम साताबाट प्रदर्शनी गरिने भएको छ। यो चलचित्रको उदेश्य भनेकै जीवनपछि आँखा दान गर्न सबैलाई प्रेरित गर्नु हो।’ 

यसका निर्माता बिनोद मिश्रले बताएका छन्। चलचित्र निकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने पनि उनले बताए। 

यो चलचित्रका कार्यकारी निर्माता केडी प्रशितले चलचित्र ‘थर्ड आई’बारे भने, ‘संसारमा रहेका मानिसहरु मध्य १० प्रतिसत मानिसले मात्र पनि मृत्युपछि आँखा दान गर्ने हो भने विश्वामा केही पनि दृष्टिविहीन हुनु पर्दैन। त्यसैले नेत्र दानका लागि प्रेरित गुर्न नै यो चलचित्रको उदेश्य हो।’ 

यो चलचित्रलाई उनले व्यवसायिक भन्दा पनि सामाजिक कार्यको रुपमा लिएका छन्। 

बिमल लामाको संगीत रहेको थर्ड आईलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिने छ। त्यसपछि मात्र व्यवसायिक रुपमा हलमा रिलिज गर्ने पनि कार्यकारी निर्माता प्रशितले बताए। 

यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन्। जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad