ad ad

कला


यसअघि कहिले नदेखिएको बोल्ड अवतारमा दीपिका र अनन्या, मच्चायो तहल्का

यसअघि कहिले नदेखिएको बोल्ड अवतारमा दीपिका र अनन्या, मच्चायो तहल्का

नेपालखबर
फागुन १०, २०७८ मंगलबार १९:२९, काठमाडौँ

बलिउडकी डिम्पल गर्ल दीपिका पादुकोण र अनन्या पाण्डेको सौन्दर्यमा मानिस मन्त्रमुग्ध हुन्छन्। यी दुवै नायिका हरेक दिन सामाजिक सञ्जालमा आफ्ना नयाँ नयाँ तस्बिर पोस्ट गरिरहन्छन्। यी दुईको जोडी भर्खरै शकुन बत्राको फिल्म ‘गहराइयाँ’ मा सँगै देखिएका छन्, जसमा दुवैको अभिनय कौशलको तारिफ भएको छ। 

ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको यो फिल्मले दर्शकको मिश्रित प्रतिक्रिया पाएको छ। यस फिल्ममा दुवै अभिनेत्री निकै बोल्ड स्टाइलमा देखिएका छन्। एकपटक फेरि दुवैको बोल्ड फोटोसुटले इन्टरनेटमा धमाका मच्चाएको छ, यी तस्बिर इन्टरनेटमा भाइरल भइरहेका छन्।

भर्खरै रिलिज भएको फिल्म ‘गहराइँया’ को सफलताको आनन्द लिइरहेका यी अभिनेत्रीहरुले फिल्मफेयर म्यागजिनका लागि बोल्ड फोटोसुट गराएका छन्। जसमा दुवै निकै बोल्ड देखिएका छन्। यी तस्बिरमा दुवैले आफ्नो ग्ल्यामरस स्टाइलका साथै आफ्नो टोन्ड बडी प्रदर्शन गरेका छन्। 

दीपिकाले आफ्नो फोटोसुटका तस्बिर  इन्स्टाग्राममा पोस्ट गरेकी छन्। जसमा उनी स्विमिङ पोसाकमा देखिएकी छन्।

अर्कातर्फ दीपिकाको को–स्टार अनन्या पाण्डेले पहेँलो मोनोकोनी लगाएको आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छन्,  ‘हनी हनी।’ तस्बिरमा उनी निकै बोल्ड र गोर्जियस देखिएकी छन्। 

दुवैका यी तस्बिरले फ्यानबाट निकै माया पाइरहेका छन्। उनीहरुको तस्बिरमा मानिसहरुले कडा कमेन्ट पनि गरिरहेका छन्। हालै फिल्मफेयर म्यागजिनको कभर पेजमा उनको फिल्मको सम्पूर्ण स्टार कास्टको पोस्टर पनि छापिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .