ad ad

कला


दिवंगत अभिनेता सुशान्तको आज जन्मदिन, बहिनी श्वेताले सेयर गरिन् भावुक भिडिओ

दिवंगत अभिनेता सुशान्तको आज जन्मदिन, बहिनी श्वेताले सेयर गरिन् भावुक भिडिओ

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १६:१३, काठमाडौँ

बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको आज ३६औँ जन्मजयन्ती हो। यस अवसरमा उनकी बहिनी श्वेता सिंहले उनको जीवनका पलहरूको एक भावुक भिडिओ सेयर गरेकी छन्। 

भिडिओमा सुशान्तको टेबल टेनिस खेल्नेदेखि कर सेटका पनि केही पल  देख्न सकिन्छ। श्वेताले क्याप्सनमा दाइको सपना पूरा गर्ने वाचा गरेकी छन्। 

जन्मदिनको शुभकामना दाइ : श्वेता
भिडिओ सेयर गर्दै श्वेताले लेखेकी छन्, ‘मेरो भगवान! कति सुन्दर संग्रह! जन्मदिनको धेरै धेरै शुभकामना दाजु। सुशान्त सिंह राजपूत, हामी तपाईंको सबै सपनाहरू पूरा गर्नेछौं, तपाईंको विरासत जीवित रहनेछ। टिमलाई धन्यवाद, तपाईंहरूले एक अविश्वसनीय काम गर्नुभएको छ!’

यससँगै उनले ह्यासट्यागमा # सुशान्त दिवस पनि लेखेकी छन्।

यसरी भयो सुशान्तको निधन 

१४ जुन २०२० मा अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए। जसलाई आत्महत्या भनिएको थियो। उनको मृत्युबारे केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ भने प्रवर्तन निर्देशनालय र लागुऔषध नियन्त्रण ब्युरोले आर्थिक र लागुऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ। ‘छिछोरे’ हलमा रिलिज भएको सुशान्तको अन्तिम फिल्म थियो।

हेर्नुहोस् बहिनी श्वेताले सेयर गरेको सुशान्तको जीवनीसम्बन्धी भावुक भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .