आरआर फिल्मसको ब्यानरमा बन्न लागेको अन टाइटल फिल्ममा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन्।
चलचित्रका लागि निर्माण टिम र आर्यनबीच सम्झौता भएको छ।
नाम फाइनल नभइसकेको यो फिल्म मधुसुदन भट्टराईले निर्देशन गर्नेछन्।
फिल्म एक्सन र प्रेमकथामा निर्माण गर्न लागेको मधुसुदनले जानकारी दिए। चलचित्रका अन्य कलाकारका बारेमा भने केहि पक्का गरिएको छैन।
मधुसुदन ‘हामी तीन भाइ’ नामक फिल्म निर्देशनको तयारीमा छन्। यो फिल्मको छायांकन सकिएपछि आर्यन आर्यानलाई लिएर अर्को फिल्म निदेर्शन गर्ने छन्।
आर्यनलाई लिएर निर्माण गर्न लागिएको फिल्मको सम्पुर्ण छायांकन युरोपमा हुनेछ।
90
Shares
प्रतिक्रिया