ad ad

कला


सलमान भन्छन् : मसँग कट्रिना रोएको त्यो दिन अहिले पनि याद आइरहन्छ

सलमान भन्छन् : मसँग कट्रिना रोएको त्यो दिन अहिले पनि याद आइरहन्छ

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १५:३२, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले अभिनेत्री कट्रिना कैफले कुनै दिन आफूसमक्ष बिलौना गरेको दृश्य कहिले बिर्सिन नसक्ने बताएका छन्।

उनका अनुसार जोन अब्राहमले कट्रिनालाई फिल्म सायाबाट हटाएपछि उनी सलमानसमक्ष आएकी थिइन्। 

त्यस क्रममा उनले गरेको दुःखेसको दृश्य अहिले पनि झल्झली याद आइरहने सलमानले बताएका हुन्। 

‘कट्रिनाले त्यो फिल्ममा खेल्ने पक्का भइसकेको थियो। तर उनको स्थानमा तारा शर्मालाई ल्याइयो’, इन्डिया टीभीसँग कुरा गर्दै सलमानले भनेका छन्, ‘कट्रिनाले आफ्नो करियर ध्वस्त भएको भनी रुँदै बिलौना गरिन्। मलाई अहिलेसम्म त्यो दृश्य झल्झली आउँछ।’

त्यसपछि आफूले कट्रिनालाई नरुन र एक दिन सबभन्दा ठूलो स्टार बन्नेछौ भनेर आश्वासन दिएको सलमानले बताएका छन्।

राम्रोसँग हिन्दी बोल्न नजानेको भन्दै जोनले कट्रिनासँग काम गर्न नमानेको बताइन्छ।

पछि जोनलाई पनि एउटा फिल्मबाट हटाउने अवसर आएपछि कट्रिनाले त्यसको उपयोग गर्न खोजेको तर आफूले त्यसो गर्न रोकेको सलमानले बताएका छन्। 

यो पनिबिहे गर्न कट्रिना कैफले लिइन् कामबाट छुट्टी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .