कला


ऋतिक रोशनकी पूर्वपत्नी अर्कैसँग प्रेममा, जन्मदिनको भिडिओले मच्चायो तहल्का

ऋतिक रोशनकी पूर्वपत्नी अर्कैसँग प्रेममा, जन्मदिनको भिडिओले मच्चायो तहल्का

नेपालखबर
कात्तिक १२, २०७८ शुक्रबार ५:५४, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खान एक युवकसँग प्रेममा परेको चर्चा व्यापक बनेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता सुजैन र अर्सलान गोनीबीच प्रेम चलिरहेको चर्चा भइरहेकाे हो।  

यसै क्रममा ऋतिककी पूर्वपत्नी सुजैनले मंगलबार आफ्नो ४३औं जन्मदिनमा गोनीलाई सहभागी गराएपछि त झन् यो चर्चा चुलिएको छ।  जन्मदिनमा सुजैन र अर्सलानले एकसाथ केक काटेको भिडिओ सार्वजनिक भएको हो। अर्सलान पनि कलाकार हुन्। उनले केही चलचित्रमा अभिनय गरेका छन्।  

साथैै अर्सलानले लेखेका छन्, ‘ह्याप्पी बर्थ डे डार्लिङ। म प्रार्थना गर्छु– तिम्रो यो वर्ष शानदार होस्। जिन्दगीमा मेरो उत्कृष्ट दिलसँग भेट भएको छ। तिमीले जे चाहेकी छौ, ती सबै पूरा होउन्, भगवानसँग प्रार्थना गर्छु। धेरै धेरै प्रेम।’ 

सुजैनले पनि त्यसमा प्रतिक्रिया दिँदै ‘मेरो सबै थोक’ भनेर लेखेकी छन्। 

अभिनेता ऋतिक रोशन र सुजैनबीच सन् २०१४ मा सम्बन्ध विच्छेद भएको हो।  उनीहरूबीच सन् २००० मा बिहे भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad