कला


कहाँ पुग्यो ऋतिकको ‘विक्रम वेधा’को छायांकन?

कहाँ पुग्यो ऋतिकको ‘विक्रम वेधा’को छायांकन?

नेपालखबर
कात्तिक १०, २०७८ बुधबार १७:२६, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशन आफ्नो आगामी फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकलाई लिएर निकै चर्चामा छन्।

उनले फिल्मको पहिलो एक्सन सिक्वेन्सको छायांकन भर्खरै सकाएका छन्। मन्सूर अली खानले यो तस्बिर सेयर गरेका छन् जसमा उनी ऋतिकसँग देखिएका छन्। उनको यो तस्बिर सामाजिक सञ्जालमा भइरहल भएको छ। 

फिल्म निर्माता र अभिनेतालाई ट्याग गर्दै मन्सुरले लेखे, ‘पहिलो एक्सन सिक्वेन्स पूरा भयो। ऋतिक रोशन, परवेज शेखलाई शुभकामना।’ 

यो फिल्म विक्रम–बेतालको ऐतिहासिक कथामा आधारित छ, जसमा एक खलपात्र प्रहरीबाट जहिले पनि उनको कथा सुनेर भाग्छन्।

फिल्म ‘विक्रम वेद’ सन् २०१७ मा आएको थियो। यो माधवन र विजय सेतुपतिको तमिल फिल्मको हिन्दी रिमेक हो। यो हिन्दी रिमेक फिल्म पुष्कर र गायत्रीको निर्देशनमा बनिरहेको छ। चलचित्र वाई नट स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको हो। 

यस फिल्ममा ऋतिक रोशन र सैफ अली खानसँगै साउथका सुपरस्टार बाहुबली प्रभास मुख्य भूमिकामा छन्। फिल्म अर्को वर्ष सेप्टेम्बरमा रिलिज हुने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad