कला


अन्तरिक्षमा पहिलो पटक फिल्म छायांकन गर्न रुसी कलाकार स्पेस स्टेसनतिर

अन्तरिक्षमा पहिलो पटक फिल्म छायांकन गर्न रुसी कलाकार स्पेस स्टेसनतिर

नेपालखबर
असोज १९, २०७८ मंगलबार १६:१९, काठमाडौँ

पहिलो पटक अन्तरिक्षमा चलचित्र छायांकन गर्न रुसी कलाकार टोली अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ लागेको छ। 

‘द च्यालेन्ज’ नामक यो फिचर फिल्म अन्तरिक्षमा आइपर्ने स्वास्थ्य आपतकालका बारेमा छ।

छायांकनका लागि मंगलबार ३७ वर्षीय अभिनेत्री जुलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को रुसको सोयुज यानबाट अन्तरिक्षतर्फ लागेका हुन्। सो यानको नेतृत्व अन्तरिक्षयात्री आन्तोन स्काप्लेरोवले गरेका छन्।

पेरेसिल्ड र सिपेन्कोले अन्तरिक्ष केन्द्रमा १२ दिन बिताउने छन्। तर, आफूहरुले अन्तरिक्षयात्रीहरुसँग दैनिक दुईतीन घण्टा मात्रै छायांकनको समय पाउने अभिनेत्री पेरेसिल्डले बताएकी छन्। 

यससँगै रुसले अन्तरिक्षसम्बन्धी अर्को कीर्तिमान पनि राख्ने भएको छ। 

चन्द्रमा अवतरणको दौड अमेरिकाले जिते पनि पहिलो स्याटलाइट, पहिलो अन्तरिक्षयात्री, पहिलो महिला अन्तरिक्षयात्री, पहिलो स्पेसवाक, पहिलो बहुसदस्यीय अन्तरिक्ष दल र पहिलो अन्तरिक्ष केन्द्रको कीर्तिमान रुसको नाममा छ। 

हलिउड अभिनेता टम क्रुजले पनि अन्तरिक्षमा छायांकन गर्ने योजना बनाइरहेको बताइएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad