लागुऔषध आरोपमा बलिउड अभिनेता शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खानलाई हिरासतमा राखिएको छ।
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले आइतबार उनीसहित ८ जनालाई पक्राउ गरेको हो।
मुम्बईको समुद्रमा एक क्रुज जहाजमा गोवातार्फ जाँदै गरेका बेला एनसीबीको टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेकाे थियो।
जहाजभित्र ड्रग पार्टी गरिरहेकाे अवस्थामा उनीहरूलाई गरिफ्तार गरिएकाे एनसीबीकाे दाबी छ।
आर्यनसमेत ८ जनै अभियुक्तलाई आइतबार साँझ अदालत पेस गरिएको छ। अदालतले उनीहरूलाई सोमबरसम्म हिरासतमा राख्न एनसीबीलाई अनुमति दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अनि मध्यराति समुद्रबीचको त्यो जहाजबाट शाहरुखका छोरा पनि पक्राउ परे
114
Shares

प्रतिक्रिया