ad ad

कला


मनाङमा बलिउड फिल्म 'उचाई' छायांकन हुने

मनाङमा बलिउड फिल्म 'उचाई' छायांकन हुने

नेपालखबर
असोज २, २०७८ शनिबार १२:४, काठमाडौँ

मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ। बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'उचाई’ को मनाङमा छायांकन गरिने भएको हो। 

चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकोप्टरबाट केही दिन अगाडि मनाङ पुगेका थिए। 

मनाङमा करिब १० दिन उक्त फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए। 

मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा उक्त फिल्मको छायांकन गरिने बताइएको छ। 

चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपछि मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्ने व्यवसायीहरुको विश्वास छ। 

निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन्। 

टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन्।

दुई दिनको अवलोकनपछि टोली बुधबार नै काठमाडौं फर्किएर सगरमाथा आधार शिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .