ad ad

कला


अश्लील भिडिओ बनाएको अभियोगमा हिरासतमा रहेका पति राजबारे नायिका शिल्पाले दिइन् बयान

अश्लील भिडिओ बनाएको अभियोगमा हिरासतमा रहेका पति राजबारे नायिका शिल्पाले दिइन् बयान

नेपालखबर
असोज १, २०७८ शुक्रबार ५:५३, काठमाडौँ

अश्लील भिडओ बनाएको अभियोगमा हिरासतमा रहेका पति राज कुन्द्राका विषयमा अभिनेत्री शिल्पा सेट्टीले प्रहरीसमक्ष बयान दिएकी छन्। 

कुन्द्राका विषयमा उनको परिवारका सदस्यसँग बयान लिने क्रममा प्रहरीले श्रीमती सेट्टीसँग पनि सोधपुछ गरेको हो। 

यस क्रममा अभिनेत्री सेट्टीले प्रहरीसमक्ष आफ्ना पतिले महिलाको सहमतिमै अश्लील भिडिओ बनाउने गरेको बयान दिएको भारतीय पत्रिका इन्डिया टुडेले उल्लेख गरेको छ। 

इन्डिया टुडेका अनुसार शिल्पाले आफ्नो बयानमा भनेकी छन्, ‘सन् २०१९ मा राज कुन्द्राले आर्मस् प्राइम मिडियाका सौरभ कुशवाहसँग साझेदारी गरेको थिए। उनीहरूले पुनम पाण्डेजस्ता अभिनेत्रीको भिडिओ बनाइरहेका हुन्थे, जो आफ्नै इच्छामा सुटिङ गरिरहेका हुन्थे।’

यस विषयमा आफूले पति कुन्द्रालाई जिज्ञासा राख्दा यो प्लेटफर्मबाट राम्रो पैसा कमाइरहेको भनेर जवाफ दिएको शिल्पाले बयान भनेकी छन्। 

साथै शिल्पाले आफू आफ्नै काममा व्यस्त हुने भएकाले पनि पति कुन्द्राले गरिरहेका कामबारे आफूलाई चासो र सरोकार नभएको पनि मुम्बई प्रहरीसमक्ष दिएको बयान उल्लेख गरेकी छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .