ad ad

कला


अर्को कमेडी शो 'सेलिब्रेटी ज्याम अप', दर्शकले प्रत्यक्ष हेर्न पाउने (भिडिओ)

अर्को कमेडी शो 'सेलिब्रेटी ज्याम अप', दर्शकले प्रत्यक्ष हेर्न पाउने (भिडिओ)

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १८:१३, काठमाडौँ

कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ। हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको छ।

युट्युब च्यानल एमपी इन्टरटेन्मेन्टबाट हरेक बुधबार बेलुका ७ बजे प्रसारण शोमा चर्चित व्यक्तित्वसँग मिठो भलाकुसारी गर्दै हाँस्ने, खाने, नाच्ने र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाइनेछ।

पृथक स्वादको हाँस्ने, हँसाउने कार्यक्रम रहेको कार्यक्रमका निर्देशक राजु पुडासैनीले बताए। 

चलेका कलाकार, फिल्मी स्टार, साहित्यकार, खेलाडी, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेवीको जीवनका रमाइलो पाटाहरु खोतल्दै,उनीहरुको जीवनको रमाइलो पक्षलाई हाँस्य रसमा प्रस्तुत गर्ने उद्देश्य लिएको कार्यक्रमको प्रस्तोता रित्तिका खरेल छिन्। 

कुमारमणी गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ्ग गर्नेछन्। साथै लाइभ संगीतको प्रस्तुति रहने छ।

संगीत संयोजनमा अनोज चित्रकार, विवेक थापा र सागर तामाङ छन्। दर्शकको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहने छ।

कार्यक्रमको छायाँकनमा सुशील बास्कोटा, रोशन थापा, निलकमल मोक्तान रहेका छन्। दृश्य सम्पादन विष्णु काप्लेले गरेका छन्। साउण्ड र लाइटमा ओम साउड सिस्टमले हेरेको छ।

कार्यक्रममा हाँस्न, खान, नाच्न भरपुर पाइने निर्माता माता पार्वती इन्टरटेन्मेन्टले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .