ad ad

निर्वाचन विशेष


सात ‘स’ का संकल्पसहित काठमाडौंको मेयरको दौडमा सिर्जना सिंह

सात ‘स’ का संकल्पसहित काठमाडौंको मेयरको दौडमा सिर्जना सिंह

सिर्जना सिंहका सात संकल्प सार्वजनिक गरिँदै। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १३:५२, काठमाडौँ

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्ना सात संकल्प सार्वजनिक गरेकी छन्।  

उनले आफू विजयी भएमा काठमाडौं सामाजिक सुरक्षाका कामलाई तीव्र पारिनेसहितका विभिन्न सात संकल्प सार्वजनिक गरेकी हुन्। 

बिहीबार आफ्नो संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा सिंहले सामाजिक सुरक्षा र काठमाडौं सडक पूर्वाधारसहितमा व्यापक सुधार गर्ने प्रतिवद्धतासहित संकल्प प्रस्ताव सार्वजनिक गरेकी हुन्। 

उनले आफू मेयर भएमा महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गरेकी छन्। सिंहले भष्ट्राचारका मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौँ महानगरलाई स्थापित गर्ने वाचा पनि गरेकी छन्। 

सिर्जनाका सात 'स' संकल्प

१.सेवा र सुशासन 
• महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्दछु। 
भ्रष्टाचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौ महानगरलाई स्थापित गर्नेछु। 
•संघीय सरकार, प्रदेश सरकार अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु।

२. स्वच्छ सफा दिगो पर्यावरण 
• काठमाडौ महानगरलाई 'Zero Waste' नगरपालिका बनाउनेछु। 
• पिउन योग्य पानी. स्वाश फेर्न योग्य हावाका 'लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु। 
• सार्वजनिक खुला स्थान पार्क, वन, हिटी इनार पोखरी, यहाः फल्या आदिको संरक्षण पुनःस्थापना तथा विस्तार गर्नेछु।

३.सबल र समुन्नत पुर्वाधार 
• सहज रूपमा हिँडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई बिकास गर्नेछु। '
• महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु। 
• महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पुर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्ने तथा मर्मत 'सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गर्नेछु।

४.सुरक्षित सहर '
• महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव 'गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु। 
• विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु।

५. स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा 
• शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु। 
• महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोकथाम, परीक्षण, उपचार र पुनःस्थापना सहितको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु। 
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु।

६. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरवासी 
• युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु। 
• उद्यमशिलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु।

७. संस्कृति सम्पदा र सभ्यता 
• मौलिक ज्ञान, भाषा, जात्रा, बाजा गाजा, चाड पर्व, 'मेला. ग्रन्थ, पेसालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्द्धन तथा संरक्षण गर्दै 'महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्नेछु। 
• गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .